२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक

बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले स्पेनिस महारथी बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५–१ को सहज जित हासिल गरेको छ । ३४ वर्षीय पोल्याण्डका फरर्वाडले बायर्न छाडे यता यो सिजन ५ खेलमा ८ गोल गरिसकेका छन् ।

खेलमा फ्रांक केइसीले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा लेवान्डोक्सीले अग्रता दोब्बर बनाए । ४४ औँ मिनेटमा पाहुना टोलीले एक गोल फर्काए पनि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोक्सीले अर्को गोल थपे ।

दोस्रो हाफको ६७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । च्याम्पियन्स लिगमा तीनवटा फरक टोलीका लागि ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघि बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखका लागि ह्याट्रिक गरेका थिए । च्याम्पियन्स लिगको समूह चरणका पछिल्ला २० खेलमा उनले ३२ गोल गरेका छन् ।

७१ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे । बार्साको लगातार चौथो जीत हो । यो सिजन टोली अपराजित रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com