२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

महिला साफ : श्रीलंकासँग पहिलो जितको खोजीमा भुटान

महिला साफ : श्रीलंकासँग पहिलो जितको खोजीमा भुटान

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।

श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ । प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन । श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ ।

श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com