२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रिमियर लिगको उपाधि होडमा आर्सनलको पुनरागमन

काठमाडौँ- ईङ्‌लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले नोटम फरेस्टलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले नोटम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन् । त्यस्तै नोटम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए ।

यो जितपछि आर्सनलको २२ खेलमा ४६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । आर्सनल शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २ अंकले पछाडि रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तो नोटमको २२ खेलमा २० अंक रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com