२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नवौं राष्ट्रिय खेलकुद शुक्रबारदेखि औपचारिक रूपमा सुरु

नवौं राष्ट्रिय खेलकुद शुक्रबारदेखि औपचारिक रूपमा सुरु

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो । उद्घाटनमा विभिन्न प्रदेशले मार्चपास गरेका थिए भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकांश खेलहरू पोखरा रंगशालामा आयोजना गरिएको छ । पुरुष क्रिक्रेटको खेल भने यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । यसपटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com