२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

जनजाती महासंघ, बेल्जियमद्वारा डा। महावीर पुनसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

जनजाती महासंघ, बेल्जियमद्वारा डा। महावीर पुनसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

इन्दिरा चाम्लिङ,

बेल्जियम । नेपाल आदिवासी जनजाती महासंघ, बेल्जियमले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डा. महावीर पुनसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । महासंघले बेल्जियमको लुभेन शहरमा डा. पुनसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

वीरमान घर्ती मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई महासंघका सचिव रविन राईले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा मगर समाजका अध्यक्ष लोक बहादुर राना मगर, तमु समाजका महासचिव सूर्य बहादुर गुरुङ, तामाङ समाजका अनिता लामा, संयुक्त किराँत समाजका कविता साउदेन, एआरएनए केन्द्रीय सचिव गंगाधर गौतम, एनआरएनए आईसीसी सदस्य गंगाप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा जनजाती सरोकार मञ्चका वदन योङहाङ, किराँत राष्ट्रिय मुक्ति मोर्चा, यूरोप इन्चार्ज ठाहिला चाम्लिङ, डा. महावीर पुन यूरोप भ्रमणका कालागि बेल्जियम संयोजक प्रविणा गुरुङ र विश्व मगर संघ संस्थापक प्रमुख सल्लाहकार लाल प्रसाद पाइजाको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com