२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठूलो भिडन्तमा लान खोजे : महासचिव सीपी मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठूलो भिडन्तमा लान खोजेको आरोप लगाएका हुन् ।

‘‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न चर्को दबाब दिदै देशलाई नव उपनिवेश बनाउन खोज्नुभएको छ,’ रिपोर्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनबारे जानकारी गराउने कार्यक्रममा मैनालीले भने,‘ देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च गरिरहनुभएको छ ।’

एमसीसी पारित गर्न खोजे देशमा ठूलो भिडन्त हुने समेत बताए । देशमा भिडन्त भएमा देउवा नै मुख्य जिम्मेवार हुने बताए ।

नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक ९२०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको बताए । ‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन ।’ उनले भने,‘त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँको शिर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडी बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर, अनुमोदन पछिको दुश्प्रभावको बारेमा केही नसोचि संसदबाट अनुमोदन गर्न जुटेको आरोप लगाए । संसदले उक्त सम्झौता अनुमोदन गरेपछि खुद कानुन बन्ने उनको भनाई थियो । एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उनले मैनालीले दाबी गरे । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने स्पष्ट भएको उनले जिकिर गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न चर्को दबाब दिदै देशलाई नव उपनिवेश बनाउन खोज्नुभएको छ ।’ देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च भइरहेको गरेको आरोप लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com