२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छ : नेपाल प्रहरी

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ करबापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको बताए ।

उनका अनुसार सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको छ । उनले बैंक खातामा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराए ।

कार्कीले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको पनि उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com