२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

एजेन्सी- भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको बताएको छ।

आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ प्रशंसकहरूले एक अर्कालाई टिकटहरू साट्न सक्छन्। आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपका लागि ५ लाखभन्दा बढीले टिकट किनेका छन् ।

आईसीसीका अनुसार ८२ देशका क्रिकेट फ्यानले विश्वका १६ टोलीका उत्कृष्ट खेलाडी हेर्न टिकट किनेका छन् । महिला टी–२० विश्वकप २०२० पछि पहिलो पटक आईसीसी इभेन्टका स्टेडियमहरू पूर्ण रूपमा भरिने भएका छन् । फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा ८६,१७४ फ्यानहरूका अगाडि हुनेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com