२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

धर्मका नाममा ढुंगा पुज्नुभन्दा मान्छेकै पूजा गरे ठीक हुन्थ्यो : प्रचण्ड

धर्मका नाममा ढुंगा पुज्नुभन्दा मान्छेकै पूजा गरे ठीक हुन्थ्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्नु भन्दा त मान्छेकै वूजा गर्नु ठीक हुने बताएका छन् ।

आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा पेरिसडाँडामा आयोजित राष्ट्रिय विज्ञान दिवस विशेष कार्यक्रममा बोल्दै प्रचण्डले अन्धविश्वास हट्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीकहाँ त तेत्तिस कोटी देवता हुन्छन् । तिनै देउताको पूजा हुन्छ, ढुंगालाई पूजा गर्ने संस्कार छ । तर मान्छेलाई लात हान्दै हिँड्छन् ।’ यसरी तेत्तीस कोटी देउताका नाममा ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छेकै पूजा गर्नु राम्रो हुने उनको भनाइ थियो ।

उनले धर्मविरुद्ध नगएको र धर्म नकारात्मक हो भन्ने आशय नरहेको भन्दै मान्छेबीच थिचोमिचो र विभेद गर्न नहुने आशय रहेको समेत बताए । चुनावका बेला प्रचण्डले धर्मविरुद्ध बोल्यो भन्लान् भनेर आफूलाई डर रहेको समेत उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com