२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अछामको पहिरोबाट भएको मानवीय र भौतिक क्षति प्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

अछामको पहिरोबाट भएको मानवीय र भौतिक क्षति प्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

जनसेवा न्युज डटकम संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठुलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध बनेको बताएका हुन् ।

उनले पहिरो तथा डुबानका कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, पहिरो तथा डुबानमा परी बेपत्ता भएकाहरूको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले पहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् । ।

मौसमविद्हरूले वर्षा अझै जारी रहने र बाढी पहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्व तयारी गर्न सबै पक्षलाई उपराष्ट्रपति पुनले आग्रह गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com