२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको निर्देशन

अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको निर्देशन

जनसेवा न्युज डटकम संवाददाता

पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।

“नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ,” महानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com