२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

वर्षामय हुनेभयो यस वर्षको दसैँ, टीका लगाउन जाँदा सावधानी अपनाउन विज्ञको आग्रह

वर्षामय हुनेभयो यस वर्षको दसैँ, टीका लगाउन जाँदा सावधानी अपनाउन विज्ञको आग्रह

काठमाडौँ । यस वर्षको दसैँ वर्षामय हुने भएको छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

काठमाडौं उपत्यकामा गएरातिदेखिनै पानी परेको छ भने देशका अधिकांश ठाउँमा पानी परिरहेको छ । यस वर्षको दसैँ वर्षामय हुने भएकाले विज्ञहरूले टीका लगाउन जाँदा खहरे खोलानालहरूमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

टिकाको भोलिपल्ट अर्थात् बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com