२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल जितेको छ । इन्दोरमा भएको तेस्रो खेल दक्षिण अफ्रिकाले ४९ रनले जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । यसअघिका दुई खेल भारतले जित्दै तीन खेलको सिरिजमाथि कब्जा जमाइसकेको थियो ।

जितका लागि दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । भारतका लागि दिनेश कार्तिकले सर्वाधिक ४६ रन जोडे । दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिटोरियसले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि रिले रुसोले ४८ बलमा अविजित रहँदै शतक पुरा गरे । उनले ७ चौका र ८ छक्का हिर्काए । क्विन्टन डी ककले ६८ रनको योगदान गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com