२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

काठमाडौं उपत्यकामा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

काठमाडौं उपत्यकामा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

काठमाडौँ । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको बुधबार काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ ।​ महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो ।

निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् । दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।

थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दसैँमा झरी परेका कारण भने टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com