२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा.६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई हेटौंडा र चितवनमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक छ।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने बोगटीले बताए। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको उनले जानकारी दिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com