२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

श्रीलंकामाथि भारतको रोमान्चक जित

श्रीलंकामाथि भारतको रोमान्चक जित

एजेन्सी -श्रीलंकाविरूद्धको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतले रोमाञ्चक जित निकालेको छ।

शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा श्रीलंकामाथि २ रनको रोमान्चक जित हात पारेको हो। यो जितसँगै तीन खेलको टी-२० खेलमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६० रनमा समेटियो।

श्रीलंकालाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिएको थियो। तेस्रो बलमा चामिका करुणारत्नेले स्पिनर अक्षर पटेललाई छक्का हानेपछि बाँकी तीन बलमा मात्रै पाँच रन चाहिएको थियो। पटेलले चौथो बल डट, पाँचौं र छैटौं बलमा एक एक रन दिँदै दुई रन आउट गरेपछि रोमान्चक जित हात पार्‍यो।

श्रीलंकाका कप्तान दासुन शनाका २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए। यस्तै ओपनर कुशल मेन्डिसले २५ बलमा ५ चौकासहित २८ रन बनाउँदा चामिका करुणारत्ने १६ बलमा २ छक्कासहित २३ रनमा अविजित रहे।

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका युवा बलर शिवम मावीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। यस्तै उमरान मलिक र हर्षल पटेलले समान २(२ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो। उसका लागि दीपक हुडाले सर्वाधिक ४१ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै अक्षर पटेल ३१ रनमा अविजित रहे ।

ओपनर ईशान किशानले ३७ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले २९ रन जोडे।

डेब्यू खेल खेलेका ओपनर शुभमन गिल र सूर्यकुमार यादव ७-७ रनमा आउट भए। सन्जु स्यामसनले ५ रन बनाए।

श्रीलंकाका दिलशान मदुशनका, महेश थिक्सेना धनन्जय डि सिल्भा र वानिन्दु हसरंगाले समान एक-एक विकेट लिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com