२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ?

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ?

काठमाडौँ । के राजेश हमाल र प्रदीप खड्काबीच सहकार्य हुन लागेको हो रु हालैको विकसित घटनाक्रमले यस्तै संकेत गर्छ ।

मंगलबार मुम्बई उड्नुअघि हमालसँग ‘प्रेमगीत’ निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता खड्काबीच झन्डै एक घण्टा भलाकुसारी भएको छ । भेटमा नयाँ प्रोजेक्टमा सम्भावित सहकार्यबारे चर्चा भएको अनुमान निकट स्रोतले गरेका छन् ।

‘प्रेमगीत ३’ मा पनि निर्माताले हमाललाई प्रस्ताव राखेका थिए तर, त्यो सम्भव भएन । निर्माता सेनले पनि नयाँ फिल्ममा हमाललाई लिनेबारे संकेत गरे । उक्त भेटमा ‘प्रेमगीत ३’ को देश-विदेशको चर्चा आफूले सुनेको र चाँडै सेन र खड्कासँग बसेर फिल्म हेर्ने इच्छा हमालले राखेको जनाइएको छ ।

राजेश र प्रदीपबीचको यो भेट पहिलो चाहिँ होइन । यसअघि पनि यी दुई कलाकारबीच भएको भेटमा हमालले प्रदीपको एक्टिङ करिअरको प्रशंसा गरिसकेका छन् । जे भएपनि, यो भेटले चाँडै एउटा आकार पाउनेमा फ्यानहरु विश्वस्त छन् ।

‘प्रेमगीत ३’ अहिले दोस्रो सातामा प्रदर्शन भैरहेको छ । नेपाल र भारतमा दशैं विदाको कारण कमाइमा उछाल आएको निर्माता सेनले मुम्बईबाट जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com