२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

श्रीलङ्कामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

काठमाडौँ – श्रीलङ्कामा आयोजना भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शिर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई उत्कृष्ट दश भित्र उभ्याउदै उक्त उपाधि हात परेकी हुन् ।

खनालले आफुले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक संजालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो ।

सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगीतामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।
श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना  समेत दिएका थिए ।

प्रतियोगीतामा नेपाली पहिरन, कलासंस्कृति मार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगीताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com