२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

संघीय निर्वाचन : उम्मेदवार मनोनयनपत्र दर्ता के-के कागजात चाहिन्छ?

काठमाडौँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका लागि निर्वाचन आयोगले योग्यता निर्धारण गरिसकेको छ । यसअघि आयोगले राजनीतिक दललाई असोज २३ गते उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र मनोनयन भएका उम्मेदवार सूची सार्वजनिकसमेत गर्ने सूचना जारी गरिसकेको छ ।

त्यस्तै, आयोगले उम्मेदवार मनोनयपत्र दर्ता गर्दा आवश्यक कागजातको समेत सूची प्रकाशन गरेको छ । उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि हुने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ । प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा हुनुपर्नेछ । स्वघोषणासमेत हुनुपर्नेछ ।

दलको उम्मेदवारको हकमा सम्बन्धित दलको औपचारिक पत्र हुनुपर्ने प्रवक्ता पौडेलले बताए  । ‘धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर हुनुपर्नेछ,’ उनले भने,’ उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम र वैयक्तिक विवरण हुनुपर्नेछ ।‘

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com