२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

रूसी ऊर्जा क्षेत्रमा ईयूको थप दबाबको लागि जेलेन्स्कीद्वारा आग्रह

रूसी ऊर्जा क्षेत्रमा ईयूको थप दबाबको लागि जेलेन्स्कीद्वारा आग्रह

कीभ, युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको आक्रमणलाई लिएर यूरोपेली संघ (ईयू) ले मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाएको एक दिनपछि शुक्रबार ब्रसेल्सलाई रुसको ऊर्जा क्षेत्रमा दबाब बढाउन आह्वान गरेका छन् ।

जेलेन्स्कीले प्रागमा आयोजित ईयू शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, “आक्रमणकारी राज्यको आयको मुख्य स्रोत रुसी ऊर्जा क्षेत्रमा दबाबको दिशामा अघि बढ्नुपर्छ ।”

उनले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाएकोमा ईयूप्रति आभार प्रकट गरे । उनले प्रतिबन्धले आयात÷निर्यात प्रतिबन्धलाई विस्तार गरेको छ र चार युक्रेनी क्षेत्रहरूमा रूसको कब्जाको कारण थप केही व्यक्तिहरूलाई कालोसूचीमा राखेको छ ।

जेलेन्स्कीले युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रलाई ‘असैन्यीकरण’ गर्न कीभको आह्वान पनि दोहोर्‍याए । यो युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता दक्षिणी युक्रेनमा रहेको उक्त प्लान्टको सञ्चालन आफ्नो सरकारलाई लिन आदेश दिएका थिए ।

जेलेन्स्कीले भने, “यो रूसी सैन्य उपकरणहरूको बारेमा मात्र होइन, प्लान्टबाट सबै सैनिकहरू हटाउने बारेमा पनि हो ।” उनले आणविक सुरक्षाका लागि र युक्रेनका लागि निर्यातका लागि पर्याप्त बिजुली हुनु आवश्यक रहेको बताए । (एएफपी)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com