२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो ।

प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् ।

प्रदेशसभा सदस्यको टिकट भने रामप्रसाद दंगाल र पाँचकर्ण (पीके) राईले पाएका छन् । खोटाङ (क) बाट राई र (ख) बाट दंगालले टिकट पाउने भएका हुन् । राईले २०७० मा दोस्रो संविधानसभा चुनाव जितेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com