२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

रुपन्देही – २ मा सत्ता गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही – २ मा सत्ता गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

जनसेवा न्युज डटकम वाददाता

निर्वाचन आयोगले रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको उम्मेदवारी खारेज भएको जनाकारी दिए ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसाल ९निकोलस०को उम्मेदवारी पनि खारेज भएको छ ।

भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।उनीहरु एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com