२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

‘धोका’ भएको बताउँदै पीएसजी छाड्ने मुडमा एम्बाप्पे !

‘धोका’ भएको बताउँदै पीएसजी छाड्ने मुडमा एम्बाप्पे !

जनसेवा न्युज डटकम संवाददाता

किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको महसुस गरेको लरेन्सको भनाइ छ ।

बीबीसीसँग कुराकानी गर्दै लरेन्सले भने, ‘२०२५ सम्म नयाँ करार गर्दा क्लबले उनलाई बाचा गरेका कुराहरू पुरा नगरेपछि उनले धोका पाएको महसुस गरेका छन् । क्लबले उनलाई नयाँ स्ट्राइकर भित्र्याउने, नेयमारलाई बेच्ने, नयाँ सेन्टर ब्याक किन्ने र उनलाई नयाँ प्रजोक्टको केन्द्रविन्दुमा राख्ने वाचा गरेको थियो । तर, त्यो पुरा नभएको उनको गुनासो छ ।’

‘त्यहाँ तनाव थियो भन्ने हामीलाई थाहा थियो तर अहिले उनले गल्ती गरेको महसुस गरेका छन् र क्लब छाड्न चाहन्छन्,’ उनले थपे । पीएसजी छाडेर उनी रियल मड्रिड जान चाहेको बताइएको छ । तर क्लबमा खेलकुद निर्देशक लुइस क्याम्पोसले भने २३ वर्षीय खेलाडीले कहिले पनि जनवरीमा क्लब छाड्नेबारे कुराकानी नगरेको बताउँछन् ।

यो सिजन पीएसजीका लागि सबै प्रतियोगितामा एम्बाप्पले १२ गोल गरेका छन् । विश्वकप विजेता खेलाडीले पीएसजीमा ११ वटा उपाधि जितेका छन् जसमा चारवटा लिग उपाधि सामेल रहेको छ । उनी सन् २०१७ मा क्लबमा भित्रिएका थिए । शुक्रबार मात्र उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फोर्ब्सको सूचीमा सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडी बनेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com