२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उतीर्ण हुनुपर्ने !

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो ।

पार्टी महामन्त्री मुकुल ढकालका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उतीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उतीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उतीर्ण वा विभाग अनुसारको क्षेत्रमा २ वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com