२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा टोपबहादुर र पुष्पालाई पत्रकार भुसाल तगारो

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा टोपबहादुर र पुष्पालाई पत्रकार भुसाल तगारो

अर्घाखाँची । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ ।
१५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी पुष्पा भुसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ ।

रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएको सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन पत्रकार भुसाल । यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँछन् ।

स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जीत हुने कांग्रेस नेताहरूको अपेक्षा छ । हामीसँग यसै पनि बहुमत छ, कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्प्रधा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृतिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनको विश्वास छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com