२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने(समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने(समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेका​ बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।

यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ । यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए । काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com