२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

न्युयोर्कमा पनि दीपावलीको बिदा

न्युयोर्कमा पनि दीपावलीको बिदा

न्युयोर्क । आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।

न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ ।

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् । दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ । एएनआई

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com