२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

शनिबार पनि जरिवाना बुझाउन सकिने आयोगको निर्देशन

शनिबार पनि जरिवाना बुझाउन सकिने आयोगको निर्देशन

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवाना सक्ने भएका छन् ।

निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारको नाम आगामी मङ्सिर ४ गते हुने निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवार आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा (२०७९ कात्तिक ५ गते) कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरिने तय गरेको थियो ।
कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनसमेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com