२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

केसीको प्रश्न : जनप्रतिनिधिमुलक संस्था विघटन गर्ने एमालेलाई भोट दिनुको औचित्य के ?

केसीको प्रश्न : जनप्रतिनिधिमुलक संस्था विघटन गर्ने एमालेलाई भोट दिनुको औचित्य के ?

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनको लागि भोट दिन आह्वान गरेका छन् । शनिबार नुवाकोट काठमाडौं सम्पर्क समिति गठबन्धन दलले गरेको कार्यक्रममा बोल्दै केसीले​ सो कुरा बताएका हुन् । केसी नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवार बनेका पूर्व मन्त्रीसमेत हुन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई नजिकको मत दिए पनि दुई दुईपटक संसद विघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत उनले बताए। ‘आन्तरिक द्वन्द्वका कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार गठन गर्न नसक्ने’ उनले भने, ‘जुन दिन प्रतिपक्षमा पुग्यो त्यो दिन संसद चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?’

त्यसैगरी आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले बताए। ‘हामी किन अहिले गठबन्धनमा छौ रु भिन्न भिन्न विचार लिएर हामी एक भएका छौ । हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हो’ उनले भने।

२०६२–०६३ सालदेखि जव गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हात मिलाएर हस्ताक्षर गरेपछि नै गठबन्धन गरेको स्मरण गराए। लोकतन्त्रवादीहरुका मुख्य उत्सव नै निर्वचन भएको बताउँदै उनले मनमा भएका सबै मैलोहरुलाई हटाएर निर्वाचनलाई सफल बनाउनेतिर लाग्नु पर्नेमा जोड दिए।

‘लोकतन्त्रवादीहरुका लागि निर्वाचन नै सबैभन्दा ठूलो उत्सव हो’ उनले भने, ‘हाम्रा मनभित्र भएका सबै धमिलोहरुलाई हटाउँदै निर्वाचनलाई सफल बनाउनुपर्दछ।’ नेता केसीले आगामी निर्वाचनमार्फत सबै वर्ग लिङ्ग जातजातिहरुको प्रतिनिधित्व गर्ने गरि काम गर्नेमा विश्वास व्यक्त गरे।

संसद नै जनताको आवाज बोल्ने संस्था भएको बताउँदै केसीले त्यसलाई हत्याउने काम गर्नेहरुलाई आगामी निर्वाचन मार्फत जनताले देखाउने बताए। नुवाकोटको दुबै क्षेत्रबाट गठबन्धनका उम्मेदवारले जितेमा जनमतको कदर गर्दै शिर निहुरिने काम नगर्ने प्रतिवद्धता समेत उनले गरे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com