२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

गठबन्धन चुनावी तालमेल मात्रै होइन : रामचन्द्र पौडेल

गठबन्धन चुनावी तालमेल मात्रै होइन : रामचन्द्र पौडेल

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन बचाउन गठबन्धन गरिएको बताए ।
कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको भन्दै उनले अवस्था त्यस्तो नरहेको बताए ।
पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि बताए । ‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ,’ उनले भने, ‘त्यसलाई जनताले चिन्नुपर्छ ।’ नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धन साथीहरूले मनमुटाव एकआपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com