२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जुवा खेल्ने ३३ जना हेटौंडाबाट पक्राउ

जुवा खेल्ने ३३ जना हेटौंडाबाट पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जुवा खेलेको निहुँमा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नवलपुरको तल्लोतालमा कौडा खेलिरहेको समयमा गएराती पौने १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए ।

अस्थाई प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटि गएको प्रहरी निरीक्षकको टोलीले हेटौडा –११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जना र प्रहरीलाई अभद्र व्यवहार गर्ने थप एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट कौडा १३ थान, तास १३ बुक र नगद ७३ हजार रुपैयाँ बरामद गरेको र जुवा तास खेल्ने, च्याखे थाप्ने ३३ जना पुरुष र प्रहरीलाई अभद्र व्यवहार गर्ने एक महिलासहित जम्मा ३४ जना लाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

तिहारको बिदा भएकाले प्रहरीले मुद्दा दर्ता गर्न बाँकी रहेको छ । अदालत खुल्ने वित्तिकै मुद्दा दर्ता गरिने बताइएको छ । पक्राउ परेकाहरूको नाम अहिलेसम्म पनि प्रहरीले खुलाएको छैन । पैसा हार जित हुनेगरी कौडा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com