२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

विगतका वर्षभन्दा फूलको माग बढी

विगतका वर्षभन्दा फूलको माग बढी

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूल खेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यक पर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रूपमा फूल खेती गरेको उनले बताए ।

अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाट समेत फूलको माग आएको छ, उनले भने, हामीले मागअनुसार दिन सकिरहेका छैनौँ । उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रूपमा फूल खेती गरेको बताए ।

जिल्लामा फूल खेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ, उनले भने, दुई बिघा जमिन भाडामा लिएर फूल खेती थालेका हौँ यसलाई निरन्तरता दिनेछौँ । उनले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताए । अहिले निर्वाचनको समयमा समेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उनले बताए ।

प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ, उनले भने, एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ । दुई बिघामा फूल खेती गर्न पाँच लाख लगानी गरेको उनले बताए ।

फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ, उनले भने, यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ । उनले यस वर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताए ।

विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ, उनले भने, अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com