२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।​ २३ औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४८ औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो ।

६४ औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो । जुन गोल चेल्सीलाई समूह चरण भन्दा माथि उठ्नका लागि पर्याप्त बन्यो ।
पाँच खेलमा १० अंक जोडेको चेल्सी समूह इ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलमा सात अंक छ । तेस्रो स्थानको साल्जबर्गको ६ र चौथो स्थानको डिनामो जागरेभको चार अंक रहेको छ ।

समूह इ कै अर्को खेलमा मिलानले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्ने क्रममा जागरेभमाथि ४९० को जित निकाल्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com