२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो ।

पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।

दोस्रो हाफमा सर्जी ग्नाब्रीको गोल पनि अफसाइड भन्दै रद्द गरिएको थियो । तर ग्नाब्रीकै पासमा इन्जुरी समयमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई सहज जीत दिलाए । खेलमा ग्नाब्रीले तीनवटै गोलको अवसर सिर्जना गरेका थिए ।

उता, इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई ४–० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । इन्टरको जीतमा एडिन जेको दुई तथा हेनरिक मिखितारियन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।

समूह सीमा बायर्न १५ अंकसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अंक सहित दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ४ अंक बटुल्दा भिक्टोरियाले कुनै पनि अंक बटुल्न सकेन । बार्साले अब युरोपा लिग खेल्नुपर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com