२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी

भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी

११ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ ।

सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भनी जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गरेका थिए ।

तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको बताएका छन् । ‘ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलवश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com