२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

‘जब मलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन्’

‘जब मलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन्’

जनसेवा न्युज डटकम संवाददाता

बलिउड अभिनेत्री कट्रिना कैफले हालै एक अन्तर्वार्तामा आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गरेकी छिन् । यसबाहेक कट्रिनाले यो पनि बताइन् कि जब उनलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन् ।

पिंकभिलासँगको कुराकानीमा विक्कीको सबैभन्दा राम्रो बानीको बारेमा कुरा गर्दै कट्रिनाले भनिन्, ‘मलाई लाग्छ उनलाई नाच्न र गाउन मन पर्छ । नाच्दा उनले महसुस गर्ने आनन्द वास्तवमा हेर्नको लागि सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हो। यसका साथै उनी एक राम्रो गायक पनि हुन् र कहिलेकाहीँ जब मलाई निद्रा लाग्दैन, म विक्कीलाई गीत गाउन भन्छु र उनले मेरो लागि त्यसै गर्छन् ।’

जब कट्रिनालाई विक्कीको कुन बानी धेरै खराब लाग्छ भनेर सोधिएको थियो, उनले भनिन्, ुकहिलेकाहीँ उनी धेरै जिद्दी हुन्छन् र म उनको यो बानीबाट रिसाउँछु। कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com