२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सकियो ‘अन्तिम संस्कार’ को छायांकन

सकियो ‘अन्तिम संस्कार’ को छायांकन

जनसेवा न्युज डटकम संवाददाता

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो ।

फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । फिल्म विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य , सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा हुनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com