२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

जनसेवा न्युज डटकम संवाददाता

मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु: १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रनर अप पूर्णिमा प्रजापति र सेकेन्ड रनर अप दा लामु शेर्पा भएकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्व बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए ।

मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक वर्ष मिस नेसन नेपाल सञ्चालन गरेर महिलाहरूलाई शृङ्गार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए ।

यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापति, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टिमिडिया आरती सर्अ‍ाफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सङ्गम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।

कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सञ्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com