२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

माबुहाङ र थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन

धरान । प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गर्नुभएको छ ।

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका रूपमा रहेका सिरिजङगा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरा भएको उल्लेख गर्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज–अनुसन्धानका लागि एउटा कोशेढुङ्गा भएको जनाउनुभयो ।

लिम्बू जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकामा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिनुभएको थियो । उहाँले उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुनेसमेत बताउनुभयो ।

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकबाट सिक्किमसम्म पुगेको जानकारी दिनुभएको थियो । उहाँले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोट भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताउनुभयो ।

उक्त लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क–कसले के–के लेखेका छन् तथा सिरिजङ्गाका सङ्कलित लेखोटमा के–के लेखिएका छन् । त्यसको अध्ययन गरेर पुस्तक लेखिएको उहाँले जानकारी दिनुभयो ।

पुस्तकबारे डा रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा रमेश इजमले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताउनुभएको थियो । कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com