२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जिम्बावे भर्सेस बंगलादेश : खेलाडीहरु खेल सकियो भनेर हात मिलाउन थाले तर……

जिम्बावे भर्सेस बंगलादेश : खेलाडीहरु खेल सकियो भनेर हात मिलाउन थाले तर……

एजेन्सी
अस्ट्रेलियामा जारी टी–२० विश्वकपको समूह २ को खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले पराजित गरेको छ । यो रोमाञ्चक खेलको अन्तिम ओभरमा जिम्बाब्वेलाई जितका लागि १६ रन चाहिएको थियो तर उसले १२ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १५० रन बनाएको थियो र जिम्बावेलाई १ सय ५१ रनको लक्ष्य दियो । जिम्बाब्वेको सुरुवात राम्रो हुन सकेन र एक समयमा ११।२ ओभरमा ६९ रनमा ५ विकेट गुमाएको थियो ।

त्यसपछि ७–२ ओभरमा सिन विलियम्स र रायन बर्लबीच ६३ रनको साझेदारीपछि जिम्बावेले खेलमा पुनरागमन गर्ने देखिएको थियो । तर १८–४ ओभरमा कप्तान शकिब अल हसनको सिधा थ्रोमा ६४ रन बनाएर विलियम्स रनआउट भएपछि खेल पुनः जुनसुकै दिशामा मोड्न सक्ने अवस्थामा पुग्यो ।

विलियम्स आउट हुँदा जिम्बाब्वेलाई अन्तिम ८ बलमा १९ रन चाहिएको थियो तर ४ बलमा अर्को विकेट खस्यो । यसरी जिम्बावेलाई अन्तिम ४ बलमा जितका लागि १५ रन आवश्यक थियो र उसको मात्र ३ विकेट बाँकी थियो । तर रिचार्ड एनगरवाले लगातार दुई बलमा छक्का र चौका प्रहार गरेपछि खेल एकपटक फेरि जिम्बाब्वेको पकडमा आउने देखियो । २० औं ओभरको पाँचौं बलमा उनी पनि स्टम्प आउट भएको थियो।

२० औं ओभरको अन्तिम बलमा जिम्बाब्वेलाई जितका लागि पाँच रन आवश्यक थियो। तर अन्तिम बलमा मुसद्दिक हुसेनले ब्लेसिङ मुजारबानीलाई स्टम्प गरे। दुवै टोलीले खेल सकिएको ठाने र खेलाडीहरु हात मिलाएर मैदान बाहिर निस्कन थाले । तर त्यसपछि विकेटकिपर नुरुल हसनले बललाई विकेटको अगाडि क्याच गरेको रिभ्युबाट थाहा भयो । यो नो बल थियो । टोलीहरूलाई फेरि मैदानमा बोलाइयो र जिम्बाब्वेलाई फ्री हिट खेल्ने मौका दिइयो। अब जितका लागि चार रन मात्र आवश्यक थियो ।

आईसीसीले पनि ट्विट गर्‍यो, ‘खेल अझै सकिएको छैन । जिम्बावेलाई जितका लागि अन्तिम बलमा ४ रन आवश्यक छ ।’ मुजरबानी ब्याट लिएर पिचमा उभिएका थिए तर उनले त्यो बललाई सदुपयोग गर्न सकेन र जिम्बाब्वे टोली फेरि एक पटक जितबाट चुक्यो । बंगलादेश मात्र तीन रनले विजयी भयो । बंगलादेशका लागि ४ ओभरमा मात्र १९ रन दिएर ३ विकेट लिने तस्किन अहमद ‘म्यान अफ द म्याच’ घोषित भए । यो जितसँगै बंगलादेश समूह २ मा चौथो स्थानमा पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com