२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

व्यापक जनमत बनाउने गरी निर्वाचनी अभियान सञ्चालन गर्न देउवाको निर्देशन

व्यापक जनमत बनाउने गरी निर्वाचनी अभियान सञ्चालन गर्न देउवाको निर्देशन

जनसेवा न्युज डटकम संवाददाता

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९,केन्द्रीय प्रचार प्रसार समितिको बैठकलाई सम्बोधन गरेका छन् । जुम प्रविधिमार्फत सोमबार अपरान्ह बसेको बैठकलाई सभापति देउवाले सम्बोधन गरेका हुन् ।

सभापति देउवाले प्रचार प्रसार समितिका सदस्यहरुलाई लोकतन्त्रिक पद्धति र संविधानको रक्षाका लागि कांग्रेसका पक्षमा ब्यापक जनमत बनाउने ढंगले निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिए ।
देउवाले अघिल्लो निर्वाचनमा कांग्रेस कम सिटमा विजयी हुँदा देशको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक पद्धतिको विकासमा आएको अवरोधलाई ध्यानमा राखेर यसपटक कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुको बीच चुनावी तालमेल भएको उल्लेख गरे ।

उनले लोकतन्त्र बचाउनका लागि अन्यदलहरुसँग गठबन्धन गर्दा कांग्रेसका योग्य साथीहरु टिकटका अवसरबाट छुटेको उल्लेख गर्दै निर्वाचन जितेपछि राज्य सञ्चालनमा उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी पाउने पनि बताए ।

उनले कांग्रेसका सबै कार्यकर्ता र शुभेच्छुकहरुलाई कांग्रेसका उम्मेदवारलाई जिताउन र कांग्रेसको उम्मेदवार नभएको स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध पनि गरे ।

देउवाले प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारी नभएको स्थानमा पनि निर्वाचन अभियानलाई उत्तिकै महत्व दिएर समानुपातिकतर्फ अत्यधिक मत खस्ने वातावरण सिर्जना गर्न पनि अनुरोध गरे ।

समानुपातिकतर्फको मतले पनि संसदमा कांग्रेसको दरिलो उपस्थितिलाई बल पुग्ने उल्लेख गर्दै उनले सबै मतदातालाई मत दिन उत्प्ररित गर्ने ढंगले निर्वाचन प्रचार प्रसार अभियान सञ्चालन गर्न पनि निर्देशन दिए ।

बैठकमा कांग्रेसका प्रवक्ता एवम् प्रचार प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन गर्नुपरेको बताए ।
उनले कांग्रेसका साथीहरु पार्टीका उम्मेदवार र आफ्ना उम्मेदवार नभएका स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुनुपर्ने बताए।

महतले समानुपातिक तर्फको मतको ठूलो महत्व रहेको उल्लेख गर्दै समानुपातिकतर्फ कांग्रेसलाई अत्यधिक मत खसाउने वातावरण तयार पार्न पनि आग्रह गरे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com