२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पहिलो जितको खोजीमा तीन क्लब, एपिएफको चाहना लगातार दोस्रो जित

पहिलो जितको खोजीमा तीन क्लब, एपिएफको चाहना लगातार दोस्रो जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज ९मंगलबार० दुई खेल हुँदैछन् ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्रदेश एक र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा छन् । दुबै टोली पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएका थिए ।

मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच भिडन्त हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको एपिएफ दोस्रो जितको दाउमा छ । गण्डकी प्रदेशसँग पहिलो खेल हारेको सुदूरपश्चिम भने पहिलो जितको खोजीमा छ ।

दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com