२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण

केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण

जनसेवा न्युज डटकम संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् । मन्त्री खाँणले उनीहरु संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुुपर्ने बताए ।

सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूका विरुद्ध गठबन्धन बनाएको र त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उनको तर्क छ । जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाइ मतले संशोधन गर्न सकिने भएपनि जनआन्दोलनको मर्म र भावना विपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको खाँणको भनाई थियो ।
‘यसबाट हामी सबै सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न आम नागरिकलाई आग्रह गर्छु’ उनले भने । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले जुन दलले सरकार बनाउन सक्दैन त्यस्ता दललाई मत हालेर कुनै अर्थ नरहने बताए ।

‘निर्वाचनमा होमिएका केही दलहरूको संसदमा उपस्थिति नै नगण्य मात्रामा हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने रु’ उनले भने, ‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचन पछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com