२०७९ माघ १८ - Wed Feb, 2023 -

Janasewa News

नेकपा एमालेका अध्यक्ष ओलीको दाबी : ‘बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो’

नेकपा एमालेका अध्यक्ष  ओलीको दाबी : ‘बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो’

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयलाई पुनः एक पटक बचाउ गर्नुभएको छ ।

आज मङ्गलवार सार्वजनिक भएको पार्टीको घोषणापत्रमा अध्यक्ष ओलीले संसद् विघटनलाई आफ्नो बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्नुभएको हो । घोषणापत्रमा लेखिएको छ, ‘जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनावको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो  ।’

घोषणापत्रमा ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल र उहाँको पक्षले आफ्नो सरकार र पार्टी विघटन गर्न लागेकाले संसद् विघटन गर्नुपरेको उल्लेख गर्नुभएको छ । ‘तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए । उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो, राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो’, घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com