२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

उम्मेदवारले आमसभा र कोणसभाको खर्च विवरण सात दिनभित्र पेस गर्नुपर्ने

उम्मेदवारले आमसभा र कोणसभाको खर्च विवरण सात दिनभित्र पेस गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरूले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकुल हुनेगरी सभा, समारोहहरू नगर्न आग्रह गरे ।

राजनीतिक दलहरूले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे । उनले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराए ।

उनले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरू उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरू प्रयोग नगर्न पनि सचेत गराए ।

झण्डा र चुनाव चिह्नको आकार निर्धारण, भित्ते लेखन गर्न निषेध, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्नेछ ।

उनले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गरे । ‘कुन दलको कुन ठाउँमा कसरी आमसभा गर्ने भन्ने कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिने ।

स्थानीय प्रशासनलाई जानकारी दिइसके पछाडी, उनले भने, एउटा दलले कुनै कार्यक्रम गर्ने ठाउँ हो भने अर्को दलले त्यहाँ कार्यक्रम जुधाउनु भएन । अत्यन्त सभ्य, अनुशासित र भद्रसँग आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्‍यो । व्यक्ति विशेषको घरनजिकै र व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्दहरू उच्चारण गर्नु भएन । राजनीतिक दलहरूले आमसभा, कोणसभा, र्‍याली गर्दा कुन-कुन शर्त पालना गर्नुपर्छ भन्दाखेरी, आफ्नो दलको प्रचारप्रसारको सन्दर्भमा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, ब्याग लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका यस्ता सामग्रीहरू त्यहाँ प्रयोग गर्नु भएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com