२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सोबितालाई दिइन् ओनसरीले बधाई

सोबितालाई दिइन् ओनसरीले बधाई

जनसेवा न्युज डटकम संवाददाता

पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनमा पराजित हुँदैमा मुलुक र जनताप्रतिको जिम्मेवारी समाप्त नहुने बताएकी छन्।

काठमाडौं-२ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई बधाई दिँदै उनले यस्तो बताएकी हुन्।

‘निर्वाचनमा जित(हार स्वाभाविक प्रक्रिया हो। यसलाई मैले स्वाभाविक लिएकी छु। आवधिक निर्वाचनमा एक पटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हुँदैन र हुन पनि सक्दैन,’ घर्तीले भनेकी छन्।

आगामी दिनमा काठमाडौं-२ मा नै क्रियाशील हुने प्रतिबद्धता उनले गरेकी छन्।

मतदातासँगको वाचा अनुसार यही भूगोललाई कर्मथलो बनाउने उनको भनाइ छ।

काठमाडौं क्षेत्र नम्बर २ मा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमसँग पराजित भएकी हुन्।

घर्तीले ९४४९ मत ल्याएर चौथो भएकी छन्। निर्वाचित गौतमले १५ हजार २ सय २९ मत ल्याएकी छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com