२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

७ मंसिर, प्यूठान । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।

पौडेलले २०७४ मा कांग्रेस नेता डा। गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com