२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

एमाले र माओवादीका ‘ शक्तिशाली’ महासचिव पराजित

एमाले र माओवादीका ‘ शक्तिशाली’ महासचिव पराजित

जनसेवा न्युज डटकम संवाददाता

यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका हुन् ।

पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गरेकी हुन् भने माओवादीका गुरुङलाई एमालेका उपमहासचिव समेत रहेका पृथ्वी सुव्वा गुरुङले पराजित गरेका हुन् ।

रोचक त के छ भने एमालेका पोखरेललाई माओवादी उम्मेदवारले हराउँदा देवलाई एमालेका पृथ्वीले हराएका हुन् । दाङ–२ बाट हार्ने एमालेका पोखरेल पूर्वमुख्यमन्त्री हुन् लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउने एमालेको पूर्वमुख्यमन्त्री हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । पृथ्वीले ३४ हजार नौ सय ६९ मत पाउँदा प्रतिद्वन्द्वी देवले ३१ हजार ७ सय ८१ मत पाएका छन् ।

०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश ९२० बाट विजयी पृथ्वीले त्यसबेला देवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न सहयोग गरेका थिए । पोखरेललाई माओवादी नेतृ शर्माले झिनो मतान्तरले हराएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएका छन् । उनीहरू बीचको मतान्तर १९६ मात्र रहेको छ । २०७४ एमाले माओवादी गठबन्धन भएसँगै दाङको प्रदेशसभामा निर्वाचित भएका थिए ।
महासचिव पोखरेल २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए । विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए । पटक पटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य, सचिव, सचिवालय सदस्य हुँदै गत मंसिरमा भएको महाधिवेशनमा महासचिव निर्वाचित भएका थिए ।

उनी प्रदेश सभामा निर्वाचित भएसँगै लुम्विनी प्रदेशको मुख्यमन्त्री बने तर लुम्बिनीको राजधानी दाङ कायम गर्ने सवालमा विवादमा परेका थिए । एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मध्येमा पर्ने पोखरेल एमालेमा जबजको व्याख्याताका रुपमा समेत परिचित हुन् ।

कम्युनिस्ट पार्टीका दुई महासचिव पराजित बन्दा यही निर्वाचनमा नेपाली काँग्रेसका दुई महामन्त्री बने निर्वाचित भएका छन् । कांग्रेसका महामन्त्रीद्धय गगन थापा काठमाडौ–४ र विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका हुन् । काठमाडौं ४ बाटा थापाले एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईलाई पराजित गरेका हुन् भने शर्माले एमालेकै अग्निप्रसाद खरेललाई पराजित गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com