२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

टिआरसी काननु कार्यान्वनमा पीडितलाई झनै पीडा नहोस् : सांसद पुडासैनी

काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद विष्णुदेवी पुडासैनीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री हुनुपर्ने बताएकी छन् ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संसदबाट पारित भइ कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइन् । आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन-सम्पत्ति गुमाएका सबैले न्यायको महसुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न उनकाे आग्रह छ ।

सांसद पुडासैनीले पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भए पनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित भएका नागरिकहरुको पीडामा भने मल्हम लगाउन नसकिएको बताइन् ।

उनले भनिन्, ‘विभिन्न रुपमा पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरुको पीडामा भने मल्हम लगाउन सकिएको छैन । पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुन पुगेका नेपाली नागरिकलाई न्याय प्रदान गरी शान्ति प्रक्रिया टुंग्याउन प्रतिनिधि सभाबाट टिआरसी विधेयक पारित भएको र सो विधेयक यस सम्बन्धी सदनमा छलफल भइ पास हुँदैछ । यो विधेयक पारित भइ कार्यान्वयनमा जाँदा यसले पीडितलाई झनै पीडित नबनाओस् । आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बनोस् ।’

सांसद पुडासैनीले काठमाडौं महानगर र संघीय सरकारको द्वन्द्वका कारण काठमाडौं शहर खाल्डो शहर बन्दै गएको पनि बताइन् । काठमाडौंलाई सुन्दर शहर बनाउन संघ सरकारले महानगरसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने उनकाे राय छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com