१० हजारभन्दा धेरै मतान्तरसहित धादिङ २ मा कांग्रेसका अधिकारी विजयी

१० हजारभन्दा धेरै मतान्तरसहित धादिङ २ मा कांग्रेसका अधिकारी विजयी

धादिङ – धादिङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी १० हजार ५ सय ३३ मतान्तरसहित विजयी हुनुभएको छ ।

कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वसुमाया तामाङले ५ हजार ५ सय २५ मत प्राप्त गर्नुभयो ।

धादिङ क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेकामा ६७ हजार ६ सय १ जनाले मतदान गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X